अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

हेज्बुल्लाहद्धारा लेबनानबाट इजरायलमाथि रकेट आक्रमण

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:०२ मा प्रकाशित

लेबनानको शिया मुसलमान बिद्रोही समूह हेज्बुल्लाहले इजरायमा एन्टी–ट्याङ्क रकेट प्रहार गरेको छ । हेज्बुल्लाहले इजरायलको उत्तरी क्षेत्रमा रेकट आक्रमण गरेको हो । इजरायलले गएको हप्ता बेरुतमा ड्रोन आक्रमण गरेको खबर थियो । त्यसको प्रतिक्रिया स्वरुप हेज्बुल्लाहले रकेट आक्रमण गरेको हो । इजरायली आर्मीको बेसक्याम्प तथा सैन्य बहानलाई लक्षित गरी रकेट आक्रमण भएको इजरायली सेनाको स्रोतले पुष्टि गरेको छ ।

इजरायली आर्मीले लेबनानको दक्षिणी क्षेत्रलाई लक्षित गरी जवाफी आक्रमण गरेको छ । हेज्बुल्लाहले इजरायलमा धेरैको मृत्यु भएको या घाइते भएको दाबी गरेको छ । तर इजरायलले भने कोही पनि घाइते नभएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू