अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

बंगलादेशका मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण

बिआरटीनेपाल २०७६ भदौ १५ गते २१:५६ मा प्रकाशित

बंगलादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ । शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् ।

आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ । अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ– ‘इस्लामिक स्टेट’ (आइए)ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ ।

स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो । उनलाई ६ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए । मन्त्री इस्लाम बंगलादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन लागेको अवस्थामा सो घटना भएको डिएमपी कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार राति ९ः२० बजेतिर विस्फोट भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू