अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

चलचित्र विकास बोर्ड प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७६ भदौ १५ गते १०:०७ मा प्रकाशित

चलचित्र छायाङ्कन गन्तव्य स्थलहरुको फोटो तथा भिडियो आह्वान

फोटो भिडियो आह्वान गरिएको मितिः २०७६।४।३२

अनलाइन दरखास्त बुझाउने अन्तिम मितिः २०७६।५।३१
अनलाइन सबिमशन पोर्टलः http://www.film.gov.np/locationhunt

नेपाल सरकारको आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम बमोजिम “छायाङ्कनका लागि नेपाल कार्यक्रम” अन्तर्गत चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र पर्यटन (Cinema Tourism) समेतलाई आकर्षण गर्न नेपालमा रहेका चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको विस्तृत विवरण खुल्ने फोटोसहितको लोकेसन गाइड बुक प्रकाशन गर्न लागिएको तथा सम्भाव्य पर्यटकीय एवं चलचित्र छायाङ्कनस्थलहरुको प्रवर्द्धनात्मक श्रव्य दृश्य सामाग्री निर्माण गर्ने प्रयोजनका निम्ति सर्तहरूको अधीनमा रही चलचित्र छायाङ्कन गन्तव्यस्थलहरुको फोटो तथा भिडियो आह्वानका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

शर्तहरुः
१. मिति २०७६ भाद्र ३१ गते मङ्गलवारभित्र फोटो तथा भिडियो सामग्री अनलाइनमा लगइन गरी अपलोड गर्न सकिनेछ ।
२. नेपालमा रहेका आकर्षक तथा सम्भाव्य चलचित्र छायाङ्कनस्थलहरू– हिमाल, पहाड, तराई, ताल, नदी, झरना, वन जङ्गल, वन्यजन्तु, चरा चुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्त्विक स्थल, मठ मन्दिर, गाउँ परिवेश, कला संस्कृति, भेष भूषा, रहनसहन, आदिका फोटा एवं भिडियोहरू पठाउन सकिनेछ ।

३. फोटो तथा भिडियो चलचित्र विकास बोर्डको वेबसाइटको Photo Upload Section –http://www.film.gov.np/locationhunt मा गई लगइन गरी Upload गर्न सकिनेछ ।

४. सहभागिताका लागि सबै खालका क्यामेरा र स्मार्ट फोनबाट खिचिएका फोटो र भिडियो पठाउन सकिनेछ ।
५. छनौटमा परेका फोटो र भिडियोलाई चलचित्र विकास बोर्डबाट तोकिए बमोजिम पारिश्रमिक उपलब्ध गराइनेछ ।

६. तोकिएको समयभन्दा पछि प्राप्त हुने फोटो तथा भिडियो सामग्रीलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।
७. छनौट सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा नीहित रहनेछ ।

८. छनौटमा परेका फोटो र भिडियोलाई बोर्डले प्रयोग गर्नु अघि प्रतिलिपि अधिकार लगायतका विषयमा दुई पक्षीय सम्झौता गरिनेछ ।
९. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

१०. यो सूचना चलचित्र विकास बोर्डको वेबसाइट र सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

विस्तृत जानकारीका लागिः

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड,
सरस्वती नगर, चाबहिल, काठमाडौँ, सम्पर्क नं. ०१–४८२३९३३,
E-mail: fdbnepal@gmail.com, वेबसाइट http://www.film.gov.np

प्रतिक्रिया