अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा १०६ देशका खेलाडीलाई पराजित गदै नेपालको लागि स्वर्ण पदक जित्न सफल

बिआरटीनेपाल २०७६ भदौ १५ गते ९:५७ मा प्रकाशित

दक्षिण कोरिया । तङ–इल मो–दो सङ्घ नेपालकी खेलाडी मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए । 

तङ–इल मो–दो सङ्घ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडीहरूको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन् । मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिंह, दीपक बास्तोला दीपेन्द्र ठाकुर लगायतका खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता यही अगस्ट २६ देखि ३० सम्म कोरियामा भएको थियो ।

दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्सल आर्ट मास्टरशिप“अन्तर्राष्ट्रिय मार्सल आर्ट गार्मेन्ट” सुनारले स्वर्ण पदक जितेकी हुन् । कोरियाली सरकारको स्वीकृतिमा अन्तर्राष्ट्रिय खेलकुद कार्यव्रmम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ–इल मो–दो सङ्घ नेपालका महासचिव विष्णु गिरीले जानकारी दिए ।

“समय भन्दा पर, संसारलाई जोड्ने”भन्ने नाराका आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सबै किसिमको मार्सल आर्टलाई एकै ठाउँ“मा ल्याउन तथा मार्सल आर्टको माध्यमबाट शान्ति र सद्भावका लागि सकारात्मक सन्देश प्रवाह गर्न पनि प्रतियोगिता गरिएका हो । 

यजी.ए.आइ.एस.एफ. को संरक्षण र आइ.ओ.सी.ले समर्थन गरेको प्रतियोगीमा हो । गिरीले तङ–ईल मो–दो खेल विश्व प्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्व भरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदमा समेत आबद्ध रहेको तङ–इल मो–दो सङ्घले प्रतियोगितामा सहभागिता जनाउन जानु अघि खेलकुद परिवार समेत जानकारी गराएको महासचिव गिरीले जानकारी दिए । चुङ्जु वर्ड मार्सल आर्ट प्रतियोगितामा तङ–इल मो–दो सङ्घ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेललाई शान्ति पदक द्वारा सम्मान गरिएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू