अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

आचार्य प्रभाद्वारा लिखित मायाको नाकाबन्दी गीत सङ्ग्रह”सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ १५ गते ९:३३ मा प्रकाशित

आचार्य प्रभाद्वारा लिखित “मायाको नाकाबन्दी” गीत सङ्ग्रह यही भदौ १४ गते शनिवारका दिन प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षको हलमा प्रमुख अतिथि वरिष्ठ गीतकार रत्न शमशेर थापाको बाहुलिबाट सार्वजनिक गरियो | उक्त कार्यक्रममा अग्रज गीतकारहरू राजेन्द्र थापा, दिनेश अधिकारी, प्रकाश सायमी, बाल कृष्ण सजिव, वरिष्ठ गजलकार डा.घनश्याम न्यौपाने परिश्रमी लगायत प्राज्ञ माया ठकुरी र अन्य पुराना, नयाँ गीतकार, सङीतकारको जमघट थियो | 

उक्त कार्यक्रमको सञ्चालन नेपाल गीतकार सङ्घकी सचिव सुशीला पौडेलले गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य गीतकार सङ्घका महासचिव गीतकार वसन्त बित्यांसीले गर्नु भएको थियो | सभापतित्वको भार गीतकार सङ्घका अध्यक्ष चुँडाचुँडी देवकोटाले ग्रहण गर्नु भएको थियो | कार्यक्रममा “मायाको नाकाबन्दी” र आचार्य प्रभाको लेखनबारे प्रकाश सायमीले प्रकाश पार्नु भएको थियो भने राजेन्द्र थापा, दिनेश अधिकारी,माया ठकुरी शुभकामना दिनु भएको थियो | 

यसरी नै उक्त सङ्ग्रह सर्जकले पनि आफ्नो छोटो मन्तव्यको साथमा सबैलाई धन्यवाद दिनु भएको थियो | कार्यक्रममा पत्रकारहरू लगायत अन्य पाहुनाहरूको पनि उपस्थिति निक्कै राम्रो थियो | कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिबाट शुभकामना मन्तव्यको साथमा कार्यक्रम विसर्जन गर्नु भएको घोषणा गर्नु भएको थियो | कार्यक्रमको अन्त्यमा चियाखाजाको पनि व्यवस्था गरिएको थियो |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू