अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिक सार्वजनिक, तीनवटा बैंकबाट डेढ करोड रुपैयाँभन्दा बढी चोरी

बिआरटीनेपाल २०७६ भदौ १५ गते ८:१० मा प्रकाशित

नेपाल प्रहरीले एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । उनीहरु शनिबार मध्यरातमा दरवारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन एक हजार १९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका प्रतिनिधिले चिनियाँ ह्याकरले तीनवटा वाणिज्य बैंकबाट १ करोड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेको जनाएका छन् । राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटीएमबाट सो रकम झिकिएको जानकारी गराएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरवारमार्गस्थित नवील बैंकको एटीएमबाट अनधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

यसैवीच, हिजो राति ५ जना चिनियाँ नागरिक पक्राउ परेपछि बन्द रहेको अधिकांश बैंक तथा वित्तीय संस्थाको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो । ह्याकरहरुको आक्रमणको खतरा बढेपछि शनिबार रातिदेखि बैंकहरुको एटीएम सेवा बन्द थियो । प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू