अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

पाइपलाइनबाट दैनिक ३ हजार ५ सय किलोलिटर डिजेल आयात, ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने

बिआरटीनेपाल २०७६ भदौ १५ गते १:३० मा प्रकाशित

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको काम सम्पन्न भएसँगै उद्घाटनको तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गर्नुहुनेभएको छ ।

अबको १० दिनमा प्रधानमन्त्री ओलीले बालुवाटार र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाटै परियोजनाको उद्घाटन गर्नुहुनेभएको हो । पुर्वनिर्धारित तालिका अर्थात् भदौ २४ गते उद्घाटन गरेपश्चात् दैनिक डिजेल आउन थाल्नेछ ।

नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।

आयल निगमका अनुसार पाइपलाइनबाट दैनिक करिब ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिनेछ । पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने जनाइएको छ ।

औपचारिक रूपमा २४ भदौबाट आउने भए पनि पाइपलाइनबाट तेल एक महिनाअघि नै आइसकेको थियो । राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम भने निर्धारित समयभन्दा आठ महिनाअघि सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू