अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

शर्तसहित भारतसँग वार्ता गर्न पाकिस्तान तयार

बिआरटीनेपाल २०७६ भदौ १५ गते १:२५ मा प्रकाशित

पाकिस्तानले काश्मीर मामिलामा भारतसँग वार्ताका लागि केही शर्तहरु अघि सारेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले बीबीसी उर्दूलाई दिएको अन्तर्वार्ताका क्रममा ती शर्तहरु अघि सार्नुभएको हो । कुरैसीले सबैभन्दा पहिला भारत प्रशासित काश्मीरमा कर्फयु अन्त्य गर्नुपर्ने, उनीहरुको अधिकार बहाल गर्नुपर्ने, हिरासतमा लिइएका काश्मीरी नेतालाई रिहा गर्नुपर्ने र आफूलाई ती नेताहरुसँग भेट गर्न दिनुपर्ने बताउनुभएको छ । त्यसो भएमा वार्ता हुन सक्ने उहाको तर्क रहेको छ ।

पाकिस्तानका विदेशमन्त्रीले भन्नुभएको छ ‘‘यो संघर्षका तीन पक्ष छन् । मलाई लाग्छ कि भारत यदि गम्भीर छ भने सबैभन्दा पहिला उसले काश्मीरी नेतृत्वलाई रिहा गर्नु जरुरी छ । मलाई उनीहरुसँग भेट्न र कुराकानी गर्न दिइयोस् । मलाई उनीहरुको भावना बुझ्नु जरुरी छ किनकी हामी काश्मीरीको भावना नदेखेको झैं गरेर टेबुलमा बस्न सक्दैनौं ।’’

पाकिस्तान र भारतसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विदेशमन्त्रीहरुको बैठक आउँदो सेप्टेम्बर महिनामा संयुक्त राष्ट्र संघको महासभाका क्रममा बैठक बस्ने कुरामा सबै पक्ष अहिले सम्म सहमत भएका छन् । तर, दुई पक्षीय मामिलामा हुने वार्ताका लागि भने पाकिस्तानले शर्त राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू