अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

अमेरिकाले आजदेखि चीनलाई नयाँ कर लगाउँदै

बिआरटीनेपाल २०७६ भदौ १५ गते १:०९ मा प्रकाशित

अमेरिकाले आज आइतबारदेखि लागु हुने गरी ११२ बिलियन डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रमा चलिरहेको व्यापार युद्धलाई यसले झन् चर्काउने सम्भावना छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यबाट ३०० बिलियन डलर बराबरको चिनियाँ सामग्रीमा १५ प्रतिशत कर लगाउने योजना ल्याउनुभएको थियो ।

चीनले ट्रम्पको यो योजनाको मतलब सबै ५५० बिलियन डलर बराबरका सामानलाई लक्षित गरेर यो योजना ल्याइएको जनाएको छ । यसअघि अमेरिकाले २५० बिलियन चिनियाँ सामानको लागि अमेरिकाले कर लगाएकोमा बदलामा चीनले पनि ११० बिलियन डलर बराबरको अमेरिकी उत्पादनमा पनि कर लगाउने घोषणा गरेको थियो ।

अमेरिकाले यो वर्षको अन्त्यमा ३०० बिलियन डलर बराबरको चिनियाँ सामानमा दुई चरणमा गरेर १५ प्रतिशत कर लगाउने जनाइदै आएको थियो । पहिलो चरणको कर आज सेप्टेम्बर १ देखि लागु हुने र त्यसले करिब १५० बिलियन डलर बराबरका चिनियाँ सामानलाई लक्षित गर्ने दाबी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू