अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

तीजमा पशुपतिनाथ मन्दिरको दुई दशकदेखि बन्द पूर्वीढोका यसपटक खुल्ने

बिआरटीनेपाल २०७६ भदौ १५ गते ०:५६ मा प्रकाशित

हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो ।पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट झक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि मिलाइएको छ । मन्दिरको पश्चिमद्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।

सरकारी सवारीको दुरूपयोग रोक्ने उद्देश्यले यसपालि पशुपति क्षेत्रमा सवारी प्रवेश सवारी पासको व्यवस्था गरिएको छैन । पङ्क्तिबद्ध हुन नपर्ने गरी विगतमा जारी हुँदै आएको मन्दिर प्रवेशको विशेष पास पनि यस पटक कसैलाई दिइएको छैन ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र जेष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पंक्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । पर्व मनाउने आउनेको सुरक्षाका लागि महिला प्रहरीलाई विशेष रूपमा खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू