अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

क्यानडामा नेपाली मेलाको आयोजना

बिआरटीनेपाल २०७६ भदौ १५ गते ०:०८ मा प्रकाशित

क्यानडाको टोरन्टोमा नेपाली मेला (हिमालयन फेस्टिभल) आयोजना गरिएको छ । उत्तर अमेरिकाकै सबैभन्दा आकर्षक मानिने स्थानीय नाथन फिलिप स्क्वायरमा मेलाको मेला १३ औं संस्करण सम्पन्न भएको हो ।

नेप्लिज क्यानडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) ले आयोजना गरेको मेलामा स्थानिय अन्य संघ संस्थाहरुको समेत सहयोग रहेको बुझिएको छ । मेलामा राफल खोल्ने, नेपाली कला, गीत–संगीत लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । अतिथि गायकका रूपमा समीर आचार्यले कार्यक्रममा आफ्नो प्रतिभा देखाएका थिए।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यसपटक कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ । क्यानडाको ग्रेटर टोरन्टोमा नेपाली, नेपाली(भाषी भूटानीलगायत दक्षिण एसियालीको बाक्लो आवादी छ । एनसिसिएसको स्थापना एउटा गैरनाफामुलक संस्थाका रूपमा सन् २००० मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू