अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा पाँच जनाको मृत्यु, १६ जना घाईते

बिआरटीनेपाल २०७६ भदौ १५ गते ०:०२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । घटनामा कम्तीमा १६ जना घाइते भएको बीबीसीले जनाएको छ ।

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ ।

एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

चार हप्ता अघि पनि अमेरिकामा भएको गोलिकाण्डमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू