अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

जाजरकोटमा पहिरो , एकै परिवारका ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १४ गते २३:४९ मा प्रकाशित

जाजरकोट भेरी नगरपालिका– २ तिमिलेमा पहिरो जाँदा एकै परिवारको ३ जनाको ज्यान गएको छ । स्थानिय दलबहादुर वलीको घर पहिरोले पुरिँदा उहाँका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताउनुभयो । घटनास्थलमा प्रहरी र स्थानिय बासिन्दाको सक्रियतामा उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू