अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

मौसम तीन दिनसम्म बदली हुने

बिआरटीनेपाल २०७६ भदौ १४ गते २३:३९ मा प्रकाशित

देशको मध्य र पश्चिममा सामान्यदेखि पूर्ण बदली भइ वर्षा भइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाको भनाई छ ।

आज, भोलि र पर्सि देशभरी आंशिक बदली र मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको र सामान्य सतर्ककता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू