अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

पाचौं संस्करणको साफ १५ वर्ष मुनिको फुटबल च्याम्पियनसिपको उपाधि भारतलाई

बिआरटीनेपाल २०७६ भदौ १४ गते ७:५४ मा प्रकाशित

पाचौं संस्करणको साफ १५ वर्ष मुनिको फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । भारतको कल्याणीमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भएको छ । भारतले भने तेस्रो पटक उपाधि हात पारेको छ ।

नेपाल लिग चरणको पहिलो खेलमा समेत भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । रोउण्ड रोविन लिगका आधारमा नेपाल र भारत फाईनल प्रवेश गरेका थिए । पहिलो पटक साफ १५ वर्ष मुनिको उपाधि जित्ने नेपालको सपना यसपटक समेत असफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू