अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

झापामा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

बिआरटीनेपाल २०७६ भदौ १४ गते १:५५ मा प्रकाशित

झापामा यात्रुवाहक बस दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका जामुनखाडीमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा भद्रपुर ९ निवासी २८ वर्षीया सुजन पोखरेल रहेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होम अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी बसमा सवार १८ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर छ । पूर्व– पश्चिम राजमार्गअन्तर्गतको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा अनियन्त्रित स्कुटरलाई ठक्कर दिएको थियो । मे ११ प ८९७७ नम्बरको स्कुटीमा सवार पोखरेलको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेको बिरर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । १८ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । सिराहा गोलबजारका २९ वर्षीय चालक विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू