अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन थापा

बिआरटीनेपाल २०७६ भदौ १४ गते ०:५१ मा प्रकाशित

निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन हुनुभएको छ । संघको शुक्रबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

सिम्रिक एयरका अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा तय भएको उक्त कार्य समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्धितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छनोट हुनुभएको छ ।

कार्य समिति सदस्यहरूमा समिट हेलिकप्टरका क्याप्टेन दिपक जे.वि. राणा, हेली एभरेष्टका योगराज कँडेल शर्मा, एयर डाइनेष्टी हेली सर्भिसेजका बालकृष्ण पण्डित, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, कैलाश हेलिकप्टरका वरुण ज्ञवाली, प्रभु हेलिकप्टरका सुवास अमात्य र सिम्रिक एयरलाइन्सका प्रज्वल थापा रहनुभएको छ । कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष पवित्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू