अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

सिरियामा जारी युद्ध अन्त्यका लागि रुसद्वारा एकतर्फी युद्धविरामको घोषणा

बिआरटीनेपाल २०७६ भदौ १३ गते २३:५३ मा प्रकाशित

रुसले उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको छ । सिरियाका बिस्थापित नागरिकहरु सीमा क्षेत्रबाट टर्की प्रवेश गर्न लागेपछि रसियाले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण लाखौं नागरिकमा निम्त्याउने जोखिमविरुद्ध सचेत हुन आग्रहसमेत गरेको छ । यसअघि पनि सरकारी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौ सर्वसाधारण बिस्थापित भइसकेको बताइएको छ ।

राष्ट्रसंघका अनुसार अप्रिल महिनाको अन्त्यतिरबाट शुरु भएको आक्रमणमा ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं बिस्थापित भइसकेका छन् । सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि रुसले चार वर्षअघि नै अल असदलाई समर्थन गर्ने जनाएको थियो ।

सिरियाका लागि रुसी मेलमिलाप केन्द्रले सरकार विरोध लडाकूहरुलाई सशस्त्र आन्दोलन त्यागेर वार्तामा आउन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू