अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ – निजी चिकित्सक शाह

बिआरटीनेपाल २०७६ भदौ १३ गते २३:४५ मा प्रकाशित

सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो ।

उहाँ प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्किनुभएको छ । निजी चिकित्सक डा. शाहले भन्नुभयो, “प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार भइरहेको छ । ” सात-आठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने शाहले बताउनुभयो । प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू