अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

अमेरिकासँग एम–१६ राईफल किन्ने प्रक्रिया रद्द

बिआरटीनेपाल २०७६ भदौ १३ गते २३:३५ मा प्रकाशित

अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने नेपालको लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो । मुलुकको कानुनले पैसा किस्ताबन्दीमा तिर भन्ने तर अमेरिकी कानुनमा पैसा पहिल्यै र एकैपटक तिर्नुपर्ने बाध्यात्मक अवस्थाले एम–१६ किन्न नसकिएको जनाईएको छ ।

पाण्डेका अनुसार बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ । अमेरिकासँग झैं कोरियासँग हतियार किन्ने सम्झौता पनि जीटूजी (सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने काम) प्रक्रियाबाट भएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू