अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

आइसिसी सदस्य दिनेशराज जोशीद्धारा एनआरएनए ओसेनिया संयोजकमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ भदौ १३ गते २३:३० मा प्रकाशित

एनआरएनए आइसिसी सदस्य दिनेशराज जोशीले आगामी अक्टोबर महिनामा हुने विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । करिब डेढ दशकदेखि अस्ट्रेलियामा एनआरएनए तथा अन्य संस्थामार्फत सामाजिक कार्यमा सक्रिय जोशीले ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्युगिनी, फिजी लगायतका देशहरूमा बस्ने गैरआवासीय नेपालीहरूलाई एकतावद्ध गर्दै संस्थामा अपनत्व महसुस गराउनका साथै आफूले संस्थाभित्र रहेर सिकेको सीप र ज्ञानलाई यो संस्थाको सवलीकरणमा प्रयोग गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।

गैरआवासीय नेपालीहरूले संसारका कैयौँ देशहरूमा अवैतनिक राजदूतको भूमिका निर्वाह गरेको बताउँदै संस्था स्थापनाको छोटो समयमा नै लगानी भित्र्याउने, रोजगारी अभिवृद्धि गर्नेदेखि नेपाल सरकार, राजनैतिक दल, उद्योगी व्यापारी एवं अन्य लगानीकर्ताहरू बीच समन्वयात्मक भूमिका गर्ने कार्यमा एनआरएनए एवं यसका अभियन्ताहरू हरदम क्रियाशिल रहेकाले भविष्यमा संस्थाका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने जोशीले बताउनुभयो ।

जोशीले ओसिनिया क्षेत्र र नेपालबीच सेतुको खाँचो रहेकाले त्यस दिशातर्फ आफूले काम गर्ने, विद्यार्थीहरूलाई एनआरएनएको मूल प्रवाहमा ल्याउँदै उनीहरूको दक्षता, सीप र पूँजीको लगानी गर्ने वातावरण बनाउने, नेपाली कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गर्ने, नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमहरू ल्याउने लगायतका एजेण्डाहरू प्रस्तुत गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने विश्व सम्मेलनले सन् २०१९–२१ को नयाँ कार्यसमितिको चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू