अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

विश्वकप छनौट खेल्ने नेपाली फुटबल टोलीको विदाई

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:४७ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत कुवेतसँगको छनोट खेलका लागि शुक्रबार नेपाली टोलीको विदाई गरेको छ । नेपालले यही भदौ १९ गते कुवेतसँग अवे खेल खेल्दैछ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले विदाई गर्नुभएको हो । नेपाली टोली आइतबार विहान कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेत र चाइनिज ताइपेसँगको खेलमा लागि बिहिबारनै २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

नेपालले ताइपेईंसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली बलियो टोली अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेईं रहेका छन् । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतसँग नेपालले यसअघि पनि खेलिसकेकाले राम्रो नतिजा निकालने बताउनुभयो । ‘कुवेत र नेपकालको स्तरको उस्तै हो । हामीले कडा टक्कर दिनेछौं । खेल प्रतिस्पर्धात्मक हुनेछ,’ कालिनले भन्नुभयो ।

यसपटक नियमित कप्तान विराज महर्जन टोलीमा छैनन् । विराजको अनुपस्थितिमा गोलरक्षक किरन चेम्जोङलाई कप्तान बनाउने बुझिएको छ । तर प्रशिक्षक कोलिन भने कप्तानको विषयमा केहीपनि खुलाउनुभएको छैन । टोलीका जुनसुकै खेलाडी कप्तान बन्न सक्ने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू