अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

अनेरास्ववियूमा केन्द्रीय सदस्य ३ सय ३५ हुने

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:३२ मा प्रकाशित

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को केन्द्रीय कमिसि ३ सय ३५ सदस्यीय हुने भएको छ । २ सय ५१ सदस्यीय केन्द्रीय कमिति रहेकोमा ३३ प्रतिशत थप गरी यसलाई विधानमा ब्यवस्था गरिने र केन्द्रीय समिति वैठकबाट अनुमोदन गरी सदस्यको संख्या ३ सय २५ पुर्याउन लागिएको हो ।

तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियूबाट १ सय ८० र एकिकृत माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) को १ सय ५५ गरी कूल २ सय ५१ सदस्यीय केन्द्रीय कमिति रहेको थियो ।

एकिकृत यूनियनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रहने जनाइएको छ । राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न ऐन महरा संयोजक तथा सुरेन्द्र बस्नेत र पञ्जा सिंह सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

विधान मस्यौदा उपसमिति संयोजकमा रञ्जित तामाङ तथा सुनिता बराल र समिक बडाल सदस्य रहेका छन् । त्यस्तै, उत्तम अधिकारी संयोजक तथा आरिस लामिछाने, झपिन्द्र खत्री र केशव रावल सदस्य रहेको आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । केन्द्रीय कमितिको वैठक भदौं ३१ र असोज १ गते बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू