अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

यस कारण लाग्छ खाना खाएपछि निद्रा

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:३० मा प्रकाशित

खाना खाएपछि मानिसलाई निद्रा लाग्छ । यसलाई वैज्ञानिक भाषामा फुड कोमा भन्ने गरिन्छ । यस्तो सबै मानिसलाई हुने गर्छ । एक स्वस्थ व्यक्तिको शरीरमा झन्डै ५ लिटर रगत सञ्चार भएको हुन्छ । शरीरका विभिन्न भागमा आवश्यकता अनुसार रगत पुगिरहेको हुन्छ । मुटुबाट सामान्य अवस्थामा २८ प्रतिशत रगत कलेजोमा, २४ प्रतिशत मृगौलामा, १५ प्रतिशत मांसपेशीमा, १४ प्रतिशत मस्तिष्कमा र बाँकी १९ प्रतिशत रगत अन्य भागमा सञ्चार भएको हुन्छ ।

खाना पचाउनका लागि हाम्रो पेटमा भएको मांसपेशीमा अधिक रगत सञ्चार हुनुपर्छ । त्यसैले हाम्रो शरीरले खाना लगत्तै पेटको मांसपेशीमा शरीरको रगतको धेरै भाग पठाउँछ । त्यस्तो अवस्थामा अन्य भागमा रगत पहिलेको तुलनामा कम हुन्छ । मस्तिष्कमा रगतको मात्रा कम भएर क्रियाशीलतामा ह्रास आउँछ । त्यति बेला शरीरले आराम खोज्छ । त्यसैले खाना खाइसकेपछि आराम गर्न पर्ने पुरानो सोच वैज्ञानिक देखिन्छ ।

अत्यधिक कार्बोहाइड्रेट पाइने खानेकुराको सेवनले शरीरमा इन्सुलिन बढ्छ र त्यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ । यसबाट बच्नका लागि एकै पटक ठुलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा सेवन गर्दा राम्रो हुन्छ ।

तर खाना खाएपछि आरामसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय हिँड्ने वा क्रियाशील रहने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू