अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

अछाममा जिप दुर्घटना – दुईको मृत्यु, पाँच घाइते

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:२९ मा प्रकाशित

अछामको मेल्लेख गाउँपालिका–७ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । साँफेबगर नगरपालिकाबाट मेल्लेख गाउँपालिका जाँदै गरेको से १ ज ९८६ नम्बरको जिप नन्देगडा बजार नजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा मेल्लेख गाउँपालिका –७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको छन् । अन्य ५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बोहराले बताउनुभयो । उनीहरूको उपचार बयलपाटा हस्पिटलमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू