अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

नेकपाको अन्तरपार्टी निर्देशन– एकताको बाँकी काममा विलम्ब नहुने अध्यक्ष प्रचण्डको प्रतिवद्धता

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:१७ मा प्रकाशित

पार्टी एकताले लगभग अन्तिम रुप पाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले १५ महिनापछि दोस्रो अन्तरपार्टी निर्देशन पनि सार्वजनिक गरेको छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गर्नुभएको हो । हालसम्म भएका सचिवालय बैठकका आधारमा नेकपाले उक्त निर्देशन जारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

निर्देशनमा पार्टीका एक अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले छिटो भन्दा छिटो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने उल्लेख गरिएको छ । निर्देशनमा पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग र सरकारद्वारा सञ्चालित कार्यक्रमसँग जोड्ने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख छ ।

निर्देशनमा सहमतिका आधारमा एकता प्रक्रिया टुंग्याउन थालेपछि त्यो लम्बिएको र त्यससँग सम्बन्धित काम अब छिट्टै सकिने नेकपाको भनाई छ । त्यस्तै निर्देशनमा अध्यक्ष तथा महासचिवको जिम्मेवारी समेत तोकिएको छ। यता गत साउन ३१ गतेको सचिवालय बैठकले झलनाथ खनाललाई चौथोबाट तेश्रो वरीययताक्रमका वरिष्ठ नेता र माधवकुमार नेपाललाई तेश्रोबाट चौथो वरीयताक्रमको वरिष्ठ नेता कायम हुने निर्णय र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा लैजाने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू