अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

संविधान संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसको माग

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:५४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव अघि बढाउन सरकारसँग माग गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधानप्रति देखिएको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको प्रतिबद्धता जनाएअनुसार संशोधन प्रस्ताव अघि बढाउन माग गरेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले ‘वाइडबडी’ विमान खरिद प्रकरण छानबिन गरी कारबाही गर्न र मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन पनि माग गरेको छ । बैठकले विदेशमा बस्ने नेपालीहरुलाई आउँदो मंसिरको उपनिर्वाचनबाटै मतदानको व्यवस्था गर्न पनि माग गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यस्तै, म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित म्याद सकिएका जनसम्पर्क समितिहरुको विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू