अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

विश्व कीर्तिमान तोड्न खोज्दा विश्वकै सबैभन्दा तेज महिला कार रेसरको ज्यान गयो

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:५२ मा प्रकाशित

विश्वकै सबैभन्दा तेज महिला कार रेसर जेसी कम्ब्सको विश्व कीर्तिमान बनाउने प्रयाश गर्दा दुर्घटनामा परी ज्यान गएको छ। ३९ वर्षीय कम्ब्सले सन् २०१३ मा ६ सय ४१ किलोमिटर प्रतिघन्टाको गतिमा कार हाँकेर सबैभन्दा तेज महिला कार रेसरको कीर्तिमान बनाएकी थिइन्। यसपटक यी अमेरिकी ल्यान्ड स्पीडको विश्व कीर्तिमान तोड्ने प्रयाशमा थिइन्।

सन् १९७६ मा किट्टी ओनिलले ८ सय २४ किलोमिटर प्रतिघन्टाको गति निकाल्दै महिला ल्यान्ड स्पीडमा बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको छैन। ‘ पृथ्वीमा सबैभन्दा तेज महिला ड्राइभर बन्ने उसको सपना थियो जुन उनले पुरा गरिन्’, कम्ब्सको मृत्युको पुष्टी गर्दै उनका परिवारले बताएका छन्।

प्रतिक्रिया