अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

हङकङमा प्रहरीमाथि यौनहिंसाको आरोप, “मि टु ” र्यालीमा हजारौं सहभागी

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:४२ मा प्रकाशित

तीन महिनादेखिको हङहङ आन्दोलनका क्रममा प्रहरीले यौन हिंसा गरेको भन्दै हजारौं मानिसहरु र्यालीमा सहभागी भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि यौन हिंसा तथा दुर्व्यवहार गरेको विरोधमा #Meetoo को नारासहित र्याली निकालिएको हो ।

आयोजकका अनुसार र्यालीमा करिब ३० हजार मानिसहरु सहभागी थिए । तर, प्रहरीले ११ हजार पाँच सयमात्र उपस्थित भएको बताएको छ । हङकङ प्रहरीले आफूले नियन्त्रणमा रहेका व्यक्तिहरुको अधिकारलाई सम्मान गरेको र अहिलेसम्म यौन हिंसा अथवा दुर्व्यवहारको कुनै उजुरी नपरेको दाबी गरेको छ ।

बुधबारर्को यालीमा सहभागीहरुले भने प्रहरीले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार्र यालीमा सहभागी एक महिलाले रुँदै भनिन्, “मलाई आँखामा पट्टी बाँधेर यौन हिंसा र्गयो ।“ तर, प्रहरीले भने उनको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेको छ ।

अर्की महिलाले प्रहरीले आफूलाई नियन्त्रणमा लिने क्रममा भित्रि वस्त्र देखाएको आरोप लगाएकी छन् । उनले प्रहरीले आफूलाई ’यौनकर्मी’ भन्दै अपमान गरेको आरोप लगाएकी छन् । उनले भनेकी छन् “मैले बारम्बार उनीहरुलाई आफूले भित्रि वस्त्र लगाएको बताइरहँदा पनि नसुनेझैं गरेर भित्रि वस्त्र देखाउन बाध्य पारेका थिए । त्यस रात ममाथि के भयो भन्न पनि सक्दिन । तर, मैले कुनै गलत काम गरेको थिइनँ । म कमजोर पनि भएको छैन र मानिसहरुले ममाथि दया राख्नु पनि आवश्यक छैन ।“

केही सातादेखि हङकङमा भएको सरकार विरोधी आन्दोलन हिंसामा रुपान्तरण भएको थियो । जसमा दुबैतर्फका केही घाइते भएका थिए । प्रदर्शनकारीहरुले इँटा प्रहार गर्न थालेपछि प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र रबरका गोली प्रहार गरेको थियो । प्रहरीका अनुसार बुधबार नौ सयजनालाई नियन्त्रणमा लिइएको थियो ।

प्रदर्शनकारीरुले प्रहरीले आफूहरूमाथि चरम दमन गरेको आरोप लगाउँदै स्वतन्त्र रुपमा घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । हङकङ कन्फेडेरेसन अफ ट्रेड युनियनले आयोजना गरेको आन्दोलनमा जम्मा भएका सयौं मानिसहरुले क्याथे प्यासिफिक एयरवेजको निन्दा गरेका थिए । एयरवेजले सरकारविरोधी आन्दोलनको समर्थन गर्ने कर्मचारीहरुलाई बर्खास्त गरेको थियो । हङकङमा सरकारले सुपुर्दगी ऐन पारित गर्न लागेको विरोधमा प्रदर्शन सुरु भएको थियो, जुन निरन्तर रुपमा तीन महिनासम्म चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू