अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

भरतपुर विमानस्थललाई वैकल्पिक ‘डोमेस्टिक विमानस्थल’ बनाईने

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:४० मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थललाई वैकल्पिक डोमेस्टिक विमानस्थल बनाइने बताउनुभएको छ । विहिवार विहान विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले पर्यटकीय क्षेत्रका रुपमा निकै महत्वपुर्ण मानिएको उक्त विमानस्थललाई काठमाडौं बाहिरको डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाइने बताउनुभयो ।

मन्त्री भट्टराईले मध्यनेपालमा रहेको विमानस्थलबाट पूर्व र पश्चिम क्षेत्रमा उडान भर्न सजिलो हुने भएकाले पनि काठमाडौं बाहिरको वैकल्पिक डोमेस्टिक विमानस्थलका रुपमा विकास गरिने योजना रहेको बउल्लेख गनुृभयो । भरतपुर विमानस्थल सरकारको प्राथमिकतामा रहेको बताउँदै पर्यटकीय हिसावले निक्कै महत्वपूर्ण मानिएकाले पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेत समेटेर विशेष प्राथमिकतामा राखिएको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू