अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

नेपाल साफ यु–१५ फुटबलको फाइनलमा, भुटानको पोस्टमा आधादर्जन गोल

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:२९ मा प्रकाशित

नेपाल भारतमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भारतको कल्याणी रंगशालामा भएको ‘राउन्ड रोबिन लिग’को अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले दुई तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एकरएक गोल गरेका थिए । उपाधिका लागि नेपालले अब शनिबार भारतसित खेल्नेछ ।

भारतले सबै खेलमा जित हासिल गर्दै फाइनलमा ठाउँ बनाएको हो । बिहीबारै अन्तिम खेलमा भारतले साविक विजेता बंगलादेशलाई ४–० ले हरायो । भारतलाई जिताउने क्रममा हिमांशु जान्ग्राले ‘ह्याट्रिक’ गरेका थिए । पहिलो खेलमा भारतसित ५–० ले पराजित भएको नेपालले त्यसपछिका खेलमा श्रीलंकालाई २–० ले तथा बंगलादेशलाई ४–१ ले हराएको थियो ।

प्रतियोगितामा नेपाल तेस्रोपटक फाइनलमा पुगेको हो । यसअघि, सन् २०१३ र २०१७ मा पनि फाइनल पुगेको नेपालले उपाधि जित्न सकेको छैन । भारत र बंगलादेशले समान दुईपटक उपाधि जितेका छन् । शनिबारको फाइनल जिते नेपालले कीर्तिमान रच्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू