अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

“भिडियो कन्फ्रेन्स”मार्फत् मन्त्रिपरिषद् बैठक सन्चालन भएको छैन – सन्चारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:२२ मा प्रकाशित

सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिडियो कन्फ्रेन्स’बाट मन्त्रिपरिषद् बैठक सन्चालन नगरेको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रतिपक्ष दलका सांसदहरुले भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद्को बैठक गरेको प्रसंग उठाएपछि त्यसको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीसँग कुरा भएपनि कुनै एजेन्डामा छलफल भएर निर्णय नगरिएको स्पष्ट पार्नुभयो ।

व्यक्तिलाई हेरेर नभइ भविष्यलाई हेरेर मन्त्रिपरिषद् बैठक सन्चालन कार्यवधि संशोधन गरेको तर्क गर्दै उहाँले भिडियो कन्फ्रेन्सले मुलुकको सार्वभौमिकतामा आँच पुर्याएको ठान्नु अनुचित भएको बताउनुभयो । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि विदेश गएको तर उतैबाट आफ्नो ‘नागरिकता अरुलाई नदिएको’ मन्त्री बाँस्कोटाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू