अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

टानको अध्यक्षमा सुवेदी उठ्ने, यस्ता छन् प्रतिबद्धता …

बिआरटीनेपाल २०७६ भदौ ११ गते ०:१९ मा प्रकाशित

काठमाडौँ, यही भाद्र २० मा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको ४१ औँ साधारण सभाले दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

साधारण सभाको मिति नजिकिँदै गर्दा नेतृत्वको लागि दौडधुप तथा चर्चा परिचर्चा ह्वात्तै बढेको छ । एक हजार ८ सय ट्रेकिङ व्यवसायहरूको छाता सङ्गठन टानमा आबद्ध व्यवसायहरू बिच अध्यक्ष पदमा कसलाई ल्याउँदा टानको व्यवसायीक हित र समग्रमा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्दछ भन्ने विषयले यति वेला प्रमुखता पाएको छ ।

टान अध्यक्षमा चर्चाको अग्रतामा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी छन् । एक महिना अगाडी नै आफ्नो अपिल पत्र मार्फत अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका सुवेदी अहिलेसम्म टानमा भावी अध्यक्षको चर्चाको अग्रतामा रहेको व्यवसायीहरू वताउछन् । सुवेदी सँगै व्यवसायीहरू कुमार थापा र मुक्ति पाण्डेले पनि आफूलाई अध्यक्ष पदको उमेरवादको रूपमा प्रस्तुत गरी रहेका छन् ।

अध्यक्ष पदका दाबेदारहरू यति वेला आफ्नो प्यानल निर्माणमा जुटेका छन् । एक–दुइृ दिन भित्रै समूहगत रूपमा औपचारिक उम्मेदवार घोषणा गर्ने तयारीमा व्यवसायीहरू रहेको बुझिएको छ । यस पटक पनि विगतमा जस्तै दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । चर्चामा अहिले जति देखिए पनि अन्ततः दुई प्यानल मै समेट्न अग्रज व्यवसायीहरू क्रियाशील छन् । एउटा समूहबाट सुवेदी र अर्को समूहबाट थापा वा पाण्डे मध्य एक जना अध्यक्षको उम्मेदवार हुने अवस्था रहेको व्यवसायीहरूको भनाई छ ।

सन २००९मा कार्यसमिति सदस्य, २०११मा कोषाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा वरिष्ठउपाध्यक्षको जिम्मेवारीमा रहेका सुवेदी लामो व्यवसायीक अनुभव भएका, सहज, मिलनसार र सक्षम व्यवसायी मानिन्छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा यस अभियानलाई समेत टेवा पुर्‍याउन सक्ने पात्रको रूपमा व्यवसायी सुवेदीलाई हेरिएको छ ।

यस्ता छन् सुवेदीका प्रतिबद्धता
सन् १९७४ मा स्थापित भएर अनगिन्ती आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले व्यावसायिक, आर्थिक र सामाजिक रूपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक् मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ ।

हामी ट्रेकिङ व्यवसायीहरूको एक मात्र छाता सङ्गठन टानको ४१ औँ वार्षिक साधारण सभा एवम् नयाँ कार्यसमिति निर्वाचन नजिकिइरहेको कुरा यहाँहरू सबैमा अवगत नै छ । इतिहास र वर्तमानलाई प्रतिबिम्बित गर्ने ऐना मात्र होइन, यसको सुदूर भविष्य जोड्ने निरन्तरताको क्रम, व्यावसायिक हक, हित र सह–अस्तित्वका खातिर टानले परि लक्षित गरेका लक्षहरू हासिल गर्नका लागि नयाँ उत्साह र उमङ्गका पाइलाहरू उठान गर्ने महत्त्वपूर्ण शुभ मुहूर्त पनि हो, यो दिन । टानको विगत र वर्तमानलाई नियाल्दा आगतमा एउटा सबल नेतृत्वको खाँचो टड्कारो रूपमा देखिएको छ ।

यसै पृष्ठभूमिमा हामीले सामना गरिरहेका यावत समस्याहरू समाधान गर्दै व्यावसायिक भविष्य सुनिश्चितताका लागि इमानदार भई भूमिका निर्वाह गर्न सक्ने हैसियतमा तपशील बमोजिमका कार्यावलीका साथ टानको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारको रूपमा यहाँहरू सामु आफूलाई प्रस्तुत गर्न लागेको ब्यहोरा अवगत गराउँदछु ।

सङ्गठनका तमाम सदस्यहरूमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र सबैको सह–अस्तित्व स्वीकार गर्ने । वर्तमान अवस्थामा व्यवसायसँग सम्बन्धित समस्याहरू र तिनको समाधानप्रति समर्पित रहने ।

टानलाई व्यवसायी मैत्री बनाउनका लागि आन्तरिक व्यवस्थापन चुस्त राख्ने । नयाँ प्रविधिको प्रयोग गरी टानको सचिवालयलाई, अझ व्यवस्थित बनाइने । र, मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने ।

टानको आर्थिक पक्ष सबल बनाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सुमधुर सम्बन्ध स्थापित गर्दै व्यवसायीका हितमा आफ्नो भूमिका निर्वाह गर्ने ।

बैठकका निर्णयहरू सम्पूर्ण सदस्यहरूलाई शीघ्र एवम् पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने ।

ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ९टिम्स० को सान्दर्भिकता र औचित्यलाई गहन छलफल गर्ने । पूर्ववत् रूपमा यसको व्यवस्थापन कायम गर्नरगराउन सकिन्छ वा सकिँदैन भन्ने कुराको निर्क्योल गर्ने । यदि सकिने हो भने ‘अनलाइन सिस्टम’को व्यवस्था मिलाउने अनाधिकृतरूपमा भइरहेको पदयात्रा व्यवसाय सञ्चालनलाई रोक्ने । ‘नो गाइड नो ट्रेकिङ’को अवधारणलाई कडाइका साथ लागू गर्ने÷गराउने । टिम्समार्फत प्राप्त हुने आम्दानीलाई पारदर्शी ढङ्गले उपयोग गरी प्रवद्र्धनात्मक क्षेत्रमा लगाउने ।

टिम्सलाइ एस वा नो गर्ने होरयदि टिम्सलाइ प्रभावकारी ढङ्गले लागु गर्न नसके ट्रेकिङ परमिटको सिद्दान्तलाइ लागु गर्ने र

मनास्लु र अन्नपूर्ण, सगरमाथा र गौरीशङ्कर, अन्नपूर्ण र मुस्ताङ क्षेत्रको पदयात्रा सञ्चालन गर्दा दुवै क्षेत्रको लागि अलग–अलग तिर्नुपर्ने प्रवेश शुल्कलाई एक द्वार प्रणालीका आधारमा एउटै अनुमति–पत्रमार्फत पदयात्रा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन जोडदार पहल गर्ने ।

हिमाली क्षेत्रहरूमा मौसम सम्बन्धी आपत्कालीन सूचना प्रदान गर्ने व्यवस्था मिलाउने र सम्भावित प्राकृतिक विपद् व्यवस्थापनका लागि विभिन्न सरोकारवाला निकायहरूसित समन्वय गरी ठाउँठाउँमा आपत्कालीन आश्रयको निर्माण गर्ने ।

मजदुरहरूलाई ‘लेक लाग्ने’ समस्या सम्बन्धी आवश्यक तालिमहरूको व्यवस्था गर्ने र आपतकालिन अवस्थाहरूमा टान कार्यालयमा ‘क्राइसिस म्यानेजमेन्ट डेस्क’ खडा गरी आवश्यक सेवा उपलब्ध गराउने ।

व्यवसायलाई मजदुर मैत्री बनाउँदै मजदुरहरू दुर्घटनामा पर्दा दिइने क्षतिपूर्तिलाई सहजीकरणको लागि टानको तर्फबाट सामूहिक बिमा गर्न आवश्यक पहल गर्ने ।

टानका सदस्य कम्पनीहरूको व्यवसायको बजारीकरण र प्रवद्र्धनका लागि सहजकर्ताको भूमिका निभाउँदै आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइने ।

अन्तर्राष्ट्रिय स्तरको पदयात्रा तथा पर्वतारोहण सम्बन्धी मेला र सम्मेलनहरू नेपालमा आयोजना गर्न र गराउन पहल गरिने

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू