अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

अमेरिकाको टेनिसीमा नेपालिज एसोसिएसनको रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ ११ गते ०:०९ मा प्रकाशित

अमेरिकाको टेनिसीस्थित नेस्भिल नेपालिज एसोसिएसन (एनएनए) ले रक्तदान कार्यक्रम गरेको छ । विगतका बर्षहरुमा जस्तै यसपटकपनि आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

कार्यक्रमका संयोजक सन्तोष थापाका अनुसार १८ जना नेपालीहरुले रक्तदान गरेको रगत अमेरिकन रेडक्रसले बुझेको छ । संकलित १३ युनिट रगतबाट ३९ जना लाभान्वित हुनेछन् । एसोसिएसनले जारी गरेको विज्ञप्ति अनुसार डंगोल, भट्टराई, आचार्यका अलावा सन्तोष थापा, घनश्याम भट्ट, दीपेन्द्र भट्ट, सञ्जीव घिमिरे, गुण थापा, प्रवीण मानन्धर तथा चार अन्यले रक्तदान गरेका थिए ।

एसोसिएसनले आवश्यक भएकाहरुका अनुहारमा मुस्कान ल्याउने र अनमोल मानव जीवन बचाउने कदममा आफूलाई सहभागी बनाएकोमा रेडक्रसलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू