अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

इन्टर मिलानले लीसीलाई हरायो, लुकाकु चम्किए

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:४४ मा प्रकाशित

इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा इन्टरमिलानले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रामेलु लुकाकुले गोल गरे ।

उनीसहित मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे । ब्रोजोविकले २१ औँ तथा सेनसीले २४ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो ।

लुकाकुले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता ३–० मा लगे । ७६ औँ मिनेटमा फारिएसले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लीसी १० खेलाडीमा सीमित भयो ।

८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० ले विजयी भयो । लुकाकुले युनाइटेडका लागि ९६ खेलमा ४२ गोल गरेका थिए । उनी सन् २०१७ जुलाईमा ७५ मिलियन एभर्टनबाट युनाइटेड आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू