अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

अमेरिकी अदालतबाट जनसन एण्ड जनसनलाई ५७ करोड ७२ लाख डलर जरिवाना

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३६ मा प्रकाशित

औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो ।

जनसन एण्ड जनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेको आरोप लागेको हो । तर कम्पनीले आफूहरुमाथि लगाइएको आरोप झुटो रहेको भन्दै त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ ।

ओपियोड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौं मुद्धामध्ये सुनुवाइ भएको पहिलो मुद्धा रहेको बिबिसीले जनाएको छ । जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने अदालतले जनाएको छ ।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्यांक अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू