अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न्– पर्यटन मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३२ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताउनुभएको छ । पर्यटन विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन बर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री भट्टराईले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयहरुलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन बर्ष लक्षित गरि कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, “पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनुपर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाही १ /२ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ ।”

सरकारले आगामी पुस महिनाभित्र नै गौतम बुद्ध अन्तर्र्रािष्ट्रय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिनाभित्र उडान पनि सुरु लक्ष्यसाथ काम भइरहेको मनत्री भट्टराईको भनाई थियो । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालीन उडान भर्ने व्यवस्था सहित स्तररोन्नतिको काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू