अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

यु–१५ साफ च्याम्पियनसीप– बंगलादेशलाई हराउँदै नेपाल फाइनल नजिक

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:२९ मा प्रकाशित

भारतको कल्याणीमा जारी यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले बंगलादेशविरुद्ध जित निकालेको छ । कल्याणी रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब थियो ।

प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले अब भुटानसँग एक खेल खेल्न बाँकी छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।

यसअघिको खेलमा श्रीलंकामाथि जित निकालेको नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहँदा घरेलु टोली भारत ६ अंकसहित शीर्ष स्थान तथा बंगलादेश तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू