अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

‘पैसा लेनदेनको प्रमाण भेटिए संचार क्षेत्रबाट विदा लिन्छु, कारवाही भोग्छु’– पत्रकार रवि लामिछाने

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:२५ मा प्रकाशित

टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताउनुभएको छ । उहाँले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको प्रतिक्रिया दिनुभयो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको भोलिपल्ट आज चितवनमा पत्रकार भेटघाटमा लामिछानेले अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

आफुले पैसा कमाउन सञ्चार पेशामा नआएको उल्लेख गर्दै लामिछानेले कहीं कतै पैसाको लेनदेन गरेको प्रमाण भेटिए आफु सञ्चार क्षेत्रबाट बिदा हुने र कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रष्ट पार्नुभयो । यसैवीच, लामिछानेले आजै अस्पताल गएर प्रदर्शनका क्रममा भएका घाइतेहरुलाई समेत भेट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू