अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

सुन्ने र सुनाउनेको अठारौँ भाग तीज विशेषको रूपमा सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ ९ गते २१:५७ मा प्रकाशित

सुन्ने र सुनाउनेको अठारौँ भाग तीज विशेषको रूपमा सम्पन्न भएको छ । परिकार र परिवार सहित सुन्ने र सुनाउने अभियान नेपाली चेलीहरूको बाक्लो उपस्थितिमा थोर्न्टनको चेरी पार्कमा रचना बाँच्न र तीज गीत भाकाका पोखिएका नेपाली संस्कृति र चाडलाई झल्को दिने गरी मनाइएको छ । 

आमालाई सम्झेर शान्ति भुसालले गाएको तीज गीतमा धेरैका आँखा रसाएका थिए भने रिता ढकाल सिता सापकोटाले तीज विशेष गीत गाउँदा अन्य महिलाहरूले साथ दिनु भएको थियो ।

धन पौड्यालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विशेष पाहुनाको भूमिकामा भीमकान्त लम्साल हुनुहुन्थ्यो भने सेनु तिवारी, सरोज भुसाल, लाल प्रसाद चौलागाइ, बुद्दी प्रसाद लामिछाने, राम प्रसाद मरासनीद्वारा कविता बाँच्न गरिएको थियो भने अनित अधिकारी, आरोन अधिकारी, रविलाल बास्तोला र वसन्त लम्सालद्वारा गीत प्रस्तुत भएको थियो । 

साथै वसन्त लम्साल र भूपेन्द्र महतले गजल बाँच्न गर्नु भएको थियो । हरितालिका तीजको शुभकामना आदान प्रदान सहित आत्मीयता र सद्भाव बोकेको नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको यो कार्यक्रम सदा झैँ बिआरटी नेपालको फेसबुक पेजबाट प्रतक्ष्य प्रसारण गरिएको थियो ।

८ वर्षको आरोन अधिकारी देखि ज्येष्ठ नागरिक सम्मको सहभागितालाई सुन्ने र सुनाउने अभियानले साझा चौतारीको अवधारणालाई सार्थकता मिलेको महसुस गरेको छ । आगामी सेप्टेम्बर महिनाको कार्यक्रम हिन्दुहरूको महान् चाड दसैँ र तिहारको व्यस्ततालाई आत्मासाथ गरी स्थगित गर्ने समेत निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू