अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

अमेरिकामा मारिएका स्व रेसम बजगाईका हत्यारालाई ६० वर्ष कैदको फैसला

विजय थापा २०७६ भदौ ९ गते २१:४० मा प्रकाशित

स्व बजगाई र उनका परिवारले आखिर न्याय पाए

डिसी । गत वर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व रेसम बजगाईका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० वर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ । उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरी (पञ्चहरू)ले ६० वर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधिसले उक्त निर्णय सुनाएका हुन् । रेसमका पक्षका वकिलले हत्यारालाई जन्म कै सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० वर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने विषयमा दुवै पक्षका वकिलहरूको बहस भएको थियो ।

तर जुरी (पञ्चहरू)ले उनीहरूको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल (कारागार)आगामी नोभेम्बर २२ मा जाने छन् । भर्जिनियाको हरन्डन सहर स्थित सुनोको इन्धन चौकी(ग्यास स्टेसन )मा स्व रेसम बजगाईलाई आगो निभाउने उपकरण( फायर एक्सटिनगुईसर )ले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाईको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको छ ।

फैसला हुनु अघि घटनाको सम्पूर्ण प्रमाण ( क्यामरा ) अदालतको न्यायाधीशलाई देखाइएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस् ,प्रथम श्रेणीको हत्याको लागि कम्तीमा २० वर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोस्रो चरणको सुनुवाइ पछि ६० वर्षको कैद र २५ हजार डलरको जरिवाना सुनाइएको हो । प्रहरीले गत वर्ष नै हरन्डन सहर कै किनमेल बजारको कार पार्क (सवारी साधन रोक्ने ठाउँ() बाट अभियुक्त हत्यारा मोहम्मद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई प्रथम श्रेणीको हत्याको आरोप लगाई ६० वर्षको कैद सुनाएको हो ।

नेपाली मूलका ४० वर्षीय स्व रेसम बजगाईलाई गत वर्ष बुधवारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो । मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनी उक्त सुनोको ग्यास स्टेसन ( इन्धन चौकी ) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन सङ्गिनी तथा ६ वर्षीय छोरी सँग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू