अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

सुनिल थापा अभिनित म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ ८ गते १४:२७ मा प्रकाशित

नेपाली फिल्म नगरीमा ‘राते काईला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रूपमा देखिँदै आएका सुनिल भिडियोमा पनि त्यही अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई ‘बोस’ को रूपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । संवत् उनी पहिलो पटक हिपहप गीतमा देखिएका हुन् ।

‘झ्याम्म पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात् विधान रेसमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात् सुरज विक्रम थापाले तयार पारेका हुन् । यी दुई समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इँटा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । भिडियोको सार्वजनिक गीतलाई अन्तर्राष्ट्रिय लेभलको बनाउने प्रयास गरिएको अनुमान लगाउन सकिन्छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आफू अभिनय गर्न पाउँदा निकै खुसी रहेको सुनिलले बताए । ’गीतको एउटा हिस्सा हुन् पाउँदा निकै खुसी छु’ उनले भने ’गीतलाई स्टाइलिस् बनाउने कोसिस गरिएको छ ।’ सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफूहरू उत्साहित भएको विधानले बताए । ’हामीलाई एउटा बोस क्यारेक्टर चाहिएको थियो त्यो मैले सुनिल सरमा पाए’ उनले भने । उनले यो हिपहप गीतलाई एउटा स्तरीय गीत बनाउने कोसिस गरेको जनाए । गीतमा र्यापरको रूपमा रहेका सुरजले गीतलाई अन्य भन्दा भिन्न बनाउने कोसिस गरिएको बताए ।

Video:

प्रतिक्रिया