अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

डिसीमा तीज महोत्सव भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ ८ गते १४:०७ मा प्रकाशित

अमेरिकामा तीज महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले पानसमा बत्ती बालेर र विद्वान पण्डित डा. रघुनाथ अर्यालले स्वस्ति वाचन गरेर सुरु गरिएको तीज महोत्सव अगस्त २४ दिउँसो १२ बजे सुरु भएर ६ घण्टा सम्म तीजको नाच गान लगायत विविध कार्यक्रम सहित सम्पन्न भएको छ । 

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले १२ वर्ष अघि अमेरिकामा प्रारम्भ गरेको तीज महोत्सव यस पटकको आयोजना पनि १२ औँ आयोजना थियो । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीको संयुक्त आयोजनामा सम्पन्न तीज महोत्सव २०१९ मा यस पटक अमेरिकामा रहेर उदाहरणीय काम गरेका विभिन्न क्षेत्रका महिलाहरूलाई सम्मान पनि गरियो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् तीज महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद खनालको सभापतित्व एवम् मञ्चका कोषाध्यक्ष एवम् सँस्कृतीबिद, मूल आयोजक समितिका सदस्य सचिव अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ती मगरको सञ्चालन, अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीका उपाध्यक्ष रजनी श्रेष्ठको स्वागत भाषण, अर्का उपाध्यक्ष अरुण रुपाखेतीको धन्यवाद ज्ञापनमा सम्पन्न तीज महोत्सव औपचारिक समारोहमा बोल्दै राजदूत कार्कीले नेपाल बाहिर रहेर पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीले यस किसिमका सांस्कृतिक महोत्सव आयोजना गरेर नेपाल र नेपालीका लागि योगदान पुर्याइरहेकोमा म नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो । 

विद्वान पण्डित, पूर्वीय दर्शनका ज्ञाता डा. रघुनाथ अर्यालले तीजको ऐतिहासिक महत्त्वका बारेमा प्रकाश पार्नुभयो भने तीजकै विषयमा सदस्य सचिव भूप नारायण घर्तिमगरले पनि सोही विषयमा थप प्रस्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् तीज महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद खनालले विगत १२ वर्ष देखी आफुहरुले सुरु गरेको तीज महोत्सव सफल पार्न सदैव सहयोग गर्ने सबै प्रति धन्यवाद प्रकट गर्दै तीजको मौलिक गीत गाएर दिदी बहिनीहरूलाई नचाउन सुरु गर्नुभयो । 

अनेसास डिसी उपाध्यक्ष पुष्कर पन्त, समीक्षा सापकोटाले नाचगानको कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने महासचिव मुकुन्द कोइराला, कोषाध्यक्ष खगेन्द्र थापाले पनि आफ्ना भनाइ र तीज महोत्सवका सहयोगीहरूको परिचय राख्नुभएको थियो ।

विभिन्न समूह बनाएर नाच गान गराइएको उक्त तीज महोत्सव कार्यक्रममा उपस्थित सबै आमा दिदी बहिनीहरूलाई सामूहिक नाचको अवसर पनि प्रदान गरिएको थियो । निःशुल्क प्रवेश र निःशुल्क तीजको दर खुवाइएको उक्त कार्यक्रममा समाजकाबिभिन्न क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका महिला अग्रजहरूलाई सम्मान गरिएको थियो । जस अनुसार निम्न महानुभावहरूलाई सम्मान गरिएको थियो ।

गीत सङ्गीत तथा साहित्य विधा:-
———————-
१:- अम्बिका गुरूड़्ग
२:- कल्पना सुबेदी
३:- दुर्गा रिजाल
४:- निता श्रेष्ठ
५:- नीरा शर्मा
६:- रजनी श्रेष्ठ

कला विधा:-
—————
१:- अनुपमा प्रसाईँ
२:- जल शाह
३:- पूजा लामा
४:- लुना श्रेष्ठ
५:- सारङ्गी श्रेष्ठ

सामाजिक सेवा विधा:-
—————————
प्रभा देउजा -अध्यक्ष ANS अमेरिका
विजया शाह:- अध्यक्ष ANWA
विष्णु कुमारी थापा-पूर्व ANS अध्यक्ष
सरोज प्रजापति – सामाजिक अभियन्ता

ब्यबसायिक विधा:-
————————
मन्दिर मैनाली
सुनिता अधिकारी
सुनिता खत्री

पेसागत विधा:-
——————
अञ्जना बुढाथोकी
बन्दितान दाहाल

अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीमा रहेर योगदान दिनुहुने महिला सदस्यज्यूहरू गोमा न्यौपाने, रोजा ( राज कुमारी) ओली, लोककुमारी सुबेदी, सुजन ढकाल, शकुन्तला अधिकारी, सङ्गीता पन्तलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यसै गरी विभिन्न मिडिया र पत्रकारहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो जसमा उमेश शर्मा डिसी नेपाल, गोकुल ढकाल खुल्ला मञ्च, विकास राज न्यौपाने हिमालय खबर, राजीव श्रेष्ठ फोटो पत्रकार, विश्वराज थापा इनेप्लिज, सतिष चापागाईँ नेपाली डायस्पोरा, सुगन्ध श्रेष्ठ डिजे, शैलेश पोखरेल बिआरटी नेपाल, यज्ञ ढकाल नेपालीजन्ता हुनुहुन्छ । 

यसैबिच अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् तीज महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद खनाल र मञ्चका कोषाध्यक्ष एवम् सँस्कृतीबिद, मूल आयोजक समितिका सदस्य सचिव अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ती मगरले तीज महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै सबैमा हार्दिक धन्यवाद र आभार प्रकट गर्नुभएको छ । वहाँहरूले आयोजक समिति, विभिन्न उपसमितिमा रहेर वा बाहिर रहेर सहयोग गर्ने सबैमा र तीज महोत्सव सफल पार्न साथ दिनुहुने अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की सहितका अतिथि गण, सहभागी सबै सबैमा हार्दिक आभार प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू