अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

गैरआवासीय नेपाली सङ्घ र स्थानीय सङ्घसंस्था बिचको सहकार्य विषयमा सामूहिक बैठक सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ ८ गते ११:५९ मा प्रकाशित

अगस्ट २४, २०१९ शनिवार गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको मध्यपश्चिम क्षेत्रका उपाध्यक्ष बुद्धि सुवेदीको संयोजनमा गैरआवासीय नेपाली सङ्घ र स्थानीय सङ्घसंस्था बिचको सहकार्य सम्बन्धी आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । एनआरएनए एनसीसी अमेरिकाको क्यान्सस स्टेट च्याप्टरले व्यवस्थापन गरेको उक्त कार्यक्रममा च्याप्टर अध्यक्ष फिलिप केसीले कार्यक्रममा सबैलाई स्वागत गर्नुको थियो । 

क्यान्सस सहरमा आयोजना गरिएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ र स्थानीय सङ्घसंस्था बिचको सहकार्य सम्बन्धी थुप्रै विषयमा छलफल र विमर्श भएको थियो । क्षेत्रीय उपाध्यक्ष बुद्धि सुबेदीको सभापतित्वमा सञ्चालित कार्यक्रमको अतिथिहरूमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह र एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी हुनुहुन्थ्यो । त्यसै गरी एनआरएनए आइसिसी सल्लाहकार हरिबोल भण्डारी, एनआरएनए एनसीसीका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, एनआरएनए एनसीसी पूर्व क्षेत्रीय उपाध्यक्ष कृष्णजीबी पन्थ लगायत थुप्रै व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

अमेरिकाको मिडवेष्ट क्षेत्रमा कार्यरत स्थानीय नेपालीहरूद्वारा सञ्चालित सङ्घ-सस्थाहरुसंग के कसरी सहकार्य गर्न सकिन्छ, सबैलाई समेटेर सामूहिक कार्य गर्नको लागि एनआरएनए एनसीसी अमेरिकाले के कस्तो भूमिका खेल्नु आवश्यक छ भन्ने विषयमा केन्द्रीयत रहेको थियो । यसलाई सबै जना वक्ताहरूले सकारात्मक धारणा राखेका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी, एनसीसी अध्यक्ष सुनिल साहले आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ र स्थानीय सङ्घसंस्था बिचको सहकार्यका विषयमा डा यादव पण्डित र गोपेन्द्र भट्टराईले आफ्ना कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कान्सास सहरमा नेपाली कम्युनिटी सेन्टर बनाउने विषयमा समेत छलफल भएको थियो । 

प्रतिक्रिया