अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

एनआरएनए न्यूह्यामसायर च्याप्टरमा शपथ ग्रहण सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ ८ गते ११:५१ मा प्रकाशित

एनआरएनए न्यूह्यामसायर च्याप्टरको २०१९-२१ कार्यकारी समितिको शपथ ग्रहण कार्यक्रम यही अगस्ट २३, २०१९ मा न्यूह्यामसायरमा एक भेला सहित सम्पन्न भएको छ । उत्तर पूर्व क्षेत्रीय उपाध्यक्ष वि आर लामाले अनकलमा गराउनु भएको शपथ कार्यक्रम पूर्व अध्यक्ष तथा ICC अनररी मेम्बर शिव कुमार राई, ICC नीति नियम समितिका डा. रुद्र अर्याल र ICC भाषा साहित्य उप समितिका ईश्वरी भट्ट र महेश्वर पन्तले खादा तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । 

व्दितीय कार्यकालका लागि सर्व सम्मत निर्वाचित टिमको अध्यक्ष डम्बर बहादुर कडरियाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा शिव कुमार राई, डा. रुद्र अर्याल, ईश्वरी भट्ट, महेश्वर पन्त, मुक्ति नारायण राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । च्याप्टरका सचिव कमल ढुङ्गानाद्वारा सञ्चालित उक्त कार्यक्रममा केन्द्रीय बोर्ड सदस्य क्षेत्रकुमारी गुरूङ्ले बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू