अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

अध्यक्ष प्रचण्डद्धारा नेकपा सचिवालय बैठक आव्हान

बिआरटीनेपाल २०७६ भदौ ८ गते १०:०८ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक आव्हान गर्नुभएको छ । पार्टीको प्रवास कमिटी, ६ महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न बैठक डाकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बैठक सोमवार पार्टी कार्यालय धुम्बाराही बस्नेछ । गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो ।

यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आउनुभएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले उपचारको सिलसिलामा सिंगापुरमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू