अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिनमा १२ सय बढ्यो

बिआरटीनेपाल २०७६ भदौ ८ गते १०:०५ मा प्रकाशित

सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) का लागि सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै बढी मूल्य हो । तोलामा एकैदिन १२ सय रूपैयाँ बढेको हो ।

यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय पुगेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू