अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:५२ मा प्रकाशित

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गर्नुभएको छ । प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारको लागि ६ लाख अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।

प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकारलाई हरेक वर्ष नगद ५१ हजार सहित सम्मान गरिनेछ । सो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशीको पुरस्कार रहेको युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।

आफ्नी बहिनी शारदा केसी रोकाको स्मृतिमा समाजसेवी केसी र उहाँकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनुहुनेछ । केसी परिवारले यसअघि पनि पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू