अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

गलत विवरण बुझाउनेलाई कर छलीसरह नै कारबाही गर्छौं– अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:४५ मा प्रकाशित

स्वयं कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलीसरह नै कारबाही हुने भएको छ । संसदीय समितिमा छलफलको क्रममा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाइएमा कर छली कसुरअनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयं कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छलीसरह अपराध ठहर भई कारबाही हुने बताउनुभयो ।

समितिले दण्ड सजायसम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संशोधन गर्ने तयारी गरेको छ। कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजस्व असुलीमा सकारात्मकभन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवानासहित कैदको व्यवस्था गर्न लागिएको हो ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संशोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरूले कसुरबापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजस्व असुली नहुने तर्क गरेका छन् ।

प्रतिक्रिया