अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

सामाजिक सुरक्षा योजना कार्यान्वनयमा नेताहरुले सहयोग नगरेको श्रम मन्त्री गोकर्ण विष्टको गुनासो

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:४४ मा प्रकाशित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गर्नुभएको छ । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले आईतबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाता संस्थाका नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचिकरणमा आबद्ध नभएको बताउनुभयो ।

रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी बहाना मात्रै भएको भन्दै मन्त्री विष्टले नेताहरुद्धारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वनमा समस्या श्रृजना भएको दाबी गर्नुभयो । लिखित प्रतिवद्धता जनाएर पनि सामाजिक सुरक्षा सूचिकरणमा नगएका नेताहरुका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरि सबैको सामाजिक सुरक्षा योजनामा सुचिकरण गर्ने काम गरिने बताउनुभयो । समाजिक सुरक्षा सूचिकरणको अभियान अघि बढी सकेको र असोज मसान्तभित्र रोजगारदाता र श्रमिक दुवै सुचिकरणमा आउनैपर्ने भन्दै उहाँले सो क्रममा परेका अप्ठ्यारहरुलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू